मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा विद्यमान १६ स्थानीय तहहरू मध्ये करैयामाई गाउँपालिका जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । साबिकको हरैयाको वडा नं. २, ३, ४, ५, ७, ८ र ९ त्यस्तै करैया गा.वि.स. को वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९ सिहोर्वा गा.वि.स. १, २, ३, ४, ६, ७, ८ र ९, तेतरिया, उमजन र नरही गाउँपालिकाको सबै वडा मिलेर निर्माण भएको करैयामाई गाउँपालिका ४७.६८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
मधेश प्रदेशको बारा जिल्ला अन्तर्गत समतल भूभागको विशेषता बोकेको यो गाउँपालिकाको समुन्द्री सतहबाट करिब ८८ देखि ११७ मिटर सम्मको उचाइमा रहेको करैयामाई गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २६ डिग्री ५८ मिनेट ० सेकेण्ड देखि २७ डिग्री ४ मिनेट ५१ सेकेण्ड उत्तरीअक्षांश र ८५ डिग्री ३ मिनेट ४ सेकेण्ड देखि ८५ डिग्री ८ मिनेट १३ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । करैयामाई गाउँपालिका बारा जिल्लाको करिब मध्य भागमा रहेको छ ।
यस पूर्वमा कोल्हवी नगरपालिका, पश्चिमा कलैया उपमहानगरपालिका उत्तरमा जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका पर्दछ भने दक्षिणमा पचरौता गाउँपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ३.७५ प्रतिशत भूभाग ओगट्ने यस गाउँपालिकाको क्षेत्रफल ४७.६८ वर्ग कि. मी. रहेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधारको विकासमा विशेष ध्यान दिँदै, करैयामाई गाउँपालिका स्थानीय नागरिकको समृद्ध जीवनका लागि नवीन योजना, प्रभावकारी सेवा, र दिगो विकासका योजनाहरू अगाडि बढाइरहेको छ। यहाँको हराभरा कृषि भूमि, सांस्कृतिक पहिचान, र उद्यमशीलताको प्रवर्द्धनले यो गाउँलाई नयाँ युगको समृद्धि मोडल बनाउन सघाइरहेको छ ।
करैयामाई गाउँपालिका मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा अवस्थित रहेको छ । साबिकका ६ गाविसहरू समावेश गरी बनाइएको यस गाउँपालिकामा ८ वडाहरू रहेका छन् । बारा जिल्लामा विद्यमान २ उपमहानगरपालिका र ५ नगरपालिका र ९ गाउँपालिका गरी १६ वटा स्थानीय तह मध्ये करैयामाई गाउँपालिका पनि एक हो । हाल यस गाउँपालिकाको केन्द्र साबिक करैयामा कार्यालय रहेको छ । करैयामाई गाउँपालिका एउटा समतल तराईको रूपमा रहेको छ । यस क्षेत्रमा धरातलीय स्वरूपका हिसाबले अधिकांश भूभाग खेतीयोग्य क्षेत्रले ओगटेको छ ।