ताजा समाचार
यस करैयामाइ गाउपालिकालाई खुल्ला दिशा मुक्त गाउपालिका घोषणा
यस करैयामाइ गाउपालिकालाई खुल्ला दिशा मुक्त गाउपालिका घोषणा गरिएको छ करैयामाइ गाउपालिका वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित एक बिशेस कार्यक्रममा आज(मंगलबार) गाउपालिकालाइ खुल्ला दिशा मुक्त घोषणा गरिएको हो । बारा क्षेत्र न.२ प्रतिनिधि सभा सदस्य राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा बिशेस अतिथि प्रदेश न.२ का अर्थ राज्यमन्त्री उषा यादव ,प्रदेश सभा सदस्य शारदा शंकर कलवार, प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह लगायत रहनु भएको थियो । साथै अन्य अतिथिहरुमा खानेपानी डिभिजन कार्यालयका प्रमुख जक्की अहमद अन्सारी, गाउँपालिका उपाध्यक्ष चित्ररेखा कुमारी चौधारी, प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी,८ वटा वडाका अध्यक्षहरु,वडा सदस्यहरु , गाउँ कार्यपालिका सदस्यहरु ,गाउँपालिकाका सम्पूर्ण कर्मचारी, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बिधालयका प्रतिनिधिहरु बिद्यार्थी, स्वास्थ्य कर्मिहरु,कलाकार सुनिल पण्डित , स्थानीय लगाएत सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।