ताजा समाचार
करैयामाई गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ ।
संक्षिप्त परिचयः- बारा जिल्लामा विद्यमान १६ स्थानीय तहहरु मध्ये करैयामाई गाउँपालिका जिल्लाको उत्तरपूर्व भागमा अवस्थित रहेको छ । प्रदेश नं. २ को बारा जिल्ला अन्तर्गत समतल भु-भागको विशेषता बोकेको यो गाउँपालिकामा प्राय कृषि पेशामा आश्रित धान, मकै, गहुँ, उखु जस्ता बालीहरु आयका मुख्य स्रोतहरु हुन । मिश्रित जातजाती बसोबास रहेको यस पालिकाको मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ । समुन्द्र सतहबाट करिब ८८ देखि ११७ मिटर सम्मको उचाईमा रहेको र भौगोलिक अवस्थितिका हिसाबले २६ डिग्री ५८ मिनेट ० सकेण्ड देखि २७ डिग्री ४ मिनेट ५१ सेकेण्ड उत्तरीअक्षांश र ८५ डिग्री ३ मिनेट ४ सेकेण्ड देखि ८५ डिग्री ८ मिनेट १३ सेकेण्ड पूर्वी दशांन्तरमा फैलिएको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यस क्षेत्रमा मनाईने चाडपर्वहरु कृष्णाष्टमी, तीज, रक्षाबन्धन, दशै, तिहार, छठ, माघे सक्रान्ती, होली आदि रहेका छन् । भौगोलिक रुपमा ग्रामीण क्षेत्र भएता पनि यस पालिका पर्यटकीय, बातावरणीय लगायतका विभिन्न पक्षहरुबाट महत्वपूर्ण रहेको छ ।
- स्थापना:- २०७३
- केन्द्र:- साविक करैया गा.वि.स. को कार्यालय
- जम्मा वडा संख्या:- ८
- क्षेत्रफल:- ४७.६९ वर्ग किमी
- जनसंख्या:- २६४८७
- सिमाना
 पूर्व कोल्हवी नगरपालिका पश्चिम कलैया उपमहानगरपालिका उत्तर कोल्हवी नगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिका दक्षिण पचरौता गाउँपालिका, बारागढी गाउँपालिका तथा महागढीमाई नगरपालिका 
मुख्य पर्यटकीय स्थलहरू (धार्मिक/ऐतिहासिक/पुरातात्विक)
करैयामाई गाउँपालिकामा मुख्य ४ वटा सम्पदा र धरोहर अवस्थित छ । यस्ता धरोहर र सम्पदा मध्ये विशेष महत्व भएका स्थानहरू निम्न अनुसार छन ।
| क्र.सं. | पर्यटकीय स्थलहरूको नाम | वडा नं. | स्थलको महत्व | 
| १ | बारा गढी मन्दिर | ७ | शक्ति पिठ र मनोकामना पुरा हुन | 
| २ | करैयामाई मन्दिर | २ | शक्तिकी देवी र रोग व्याधी हट्ने विश्वास | 
 
  
मातृभाषाको आधारमा जनसंख्याको विवरण
यस गाउँपालिकामा सबैभन्दा बढि ४९.६९ प्रतिशत मानिसहरुको मातृभाषा भोजपुरी हो भने सबै भन्दा कम ०.१३ प्रतिशत मानिसहरुको मातृभाषा मगर रहेको देखिन्छ । भोजपुरी पछि २८.६० प्रतिशत मानिसहरुको मातृभाषा थारु रहेको देखिन्छ ।
| क्र.सं. | मातृभाषा | प्रतिशत | 
| १. | नेपाली | ११.७३ | 
| २. | भोजपुरी | ४९.६९ | 
| ३. | मैथली | ५.७२ | 
| ४. | थारु | २८.६० | 
| ५. | उर्दु | ३.५९ | 
| ६. | तामंग | १.८२ | 
| ७. | नेवार | ०.५४ | 
| ८. | मगर | ०.१३ | 
| ९. | अन्य | ०.१६ | 
| जम्मा | १०० | |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    